रेड कार्यान्वयन केन्द्रको कार्य बिवरण
- रेडप्लसको नतिजामूलक भुक्तानी प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषहरु पहिचान गरी पहुँच पुऱ्याउने ।
- रेडप्लस सम्बन्धी नीति निर्माण र निर्णयका लागि विभिन्न क्षेत्र र सरोकारवालाहरुसँग समन्वय गर्ने ।
- वन क्षेत्रबाट हुने हरितगृह ग्याँस उत्सर्जनको विषयलाई नियमन गर्न समन्वय गर्ने ।
- रेडप्लसबाट प्राप्त लाभको बाँडफाँटका लागि समन्वय गर्ने ।
- रेडप्लसमा सुरक्षा कवच (सेफगार्ड) को कार्यान्वयन र अनुगमनमा समन्वय गर्ने ।
- राष्ट्रिय वन सूचना प्रणालीको स्थापना र सञ्चालन गर्ने ।
- राष्ट्रिय रेडप्लस रणनीति र उत्सर्जन न्यूनीकरण कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्ने ।
- रेडप्लस सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रकाशन र प्रचार प्रसार गर्ने ।
- वन कार्बनको दर्ता, राष्ट्रिय वन अनुगमन प्रणालीको स्थापना र कार्बन मापन, प्रतिवेदन तयारी र प्रमाणीकरणको लागि बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रसँग समन्वय गर्ने ।
- उत्सर्जन न्यूनीकरण कार्यक्रम अनुसार निजी वनलाई प्रोत्साहन गर्नका लागि निजी बन धनीहरुसँग सम्झौता गर्ने व्यवस्थाहरुको विकास गर्ने ।
(क) जलवायु व्यवस्थापन शाखा
- जलवायु परिवर्तन समानुकुलन सम्बन्धि आयोजना अवधारणा पत्रहरु तयार गरी केन्द्र प्रमुखसमक्ष पेश गर्ने ।
- पारिस्थितिक तथा समुदायमा आधारित समानुकुलन सम्बन्धि कार्यक्रमबारे अवधारणा पत्र तयार गर्ने ।
- बनमा आधारित समानुकुलन कार्यक्रमको सम्पर्क विन्दुको रुपमा रही कार्यक्रमहरूको समन्वय गर्ने ।
- नमूना परिक्षणका रुपमा कार्यान्वयन भइरहेको समानुकुलन कार्यक्रमहरुको विवरण अद्यावधिक गरी प्रतिवेदन तयार गर्ने ।
- यस शाखाको कार्यसँग सम्बन्धित विषयमा अध्ययन, तालिम, गोष्ठी सेमिनार आदि सञ्चालनको लागि लागत अनुमान सहित कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गर्ने ।
- आफ्नो शाखाबाट सम्पादित कार्यको मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गरी प्रमुख समक्ष पेश गर्ने ।
- तोकिएको अन्य कार्यहरु गर्ने ।
(ख) बजेट तथा कार्यक्रम शाखा
- रेडप्लस कार्यान्वयनको लागि आवश्यक पर्ने नीति तथा रणनीतिको तर्जुमा सहयोग गर्ने ।
- दीर्घकालीन, अल्पकालिन र आवधिक योजना तथा कार्यक्रमहरु तर्जुमा गरी तोकिएको समयभित्र प्रमुख समक्ष पेश गर्ने ।
- बैठक, सभा, सम्मेलन, अध्ययन भ्रमण, आदिबारे कार्यक्रम स्वीकृत गराइ कार्यान्वयन गर्ने ।
- कार्यक्रम/आयोजनाको चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरी प्रमुख समक्ष पेश गर्ने ।
- दातृ निकायलाइ पठाउनु पर्ने प्रगती विवरणहरु समयमै तयार गरी प्रमुख समक्ष स्वीकृतिको लागि पेश गर्ने ।
- Midterm Review, Measuring Reporting and Verification MRV (मापन, प्रतिवेदन तथा प्रमाणीकरण), Emissions Reductions Program Idea Note ER-PIN (उत्सर्जन न्यूनीकरण कार्यक्रम अवधारणापत्र)
- Readiness-Package (तयारी प्याकेज) तयार गर्ने कार्यमा सहयोगी निकायसँग समन्वय गर्ने र भए गरेको प्रगतिको जानकारी प्रमुखलाई गराउने ।
- RPP कार्यान्वयनको चरणमा गर्नुपर्ने प्रचार प्रसार एवम् अमता अभिवृद्धि कार्यक्रमको लागि आवश्यक पर्ने मार्गचित्र तयार गरी प्रमुख समक्ष पेश गर्ने ।
- Measuring Reporting and Verification MRV (मापन, प्रतिवेदन तथा प्रमाणीकरण। नमूना परिक्षणबाट प्राप्त भएका सिकाई र अभ्यासहरुको जानकारी/विवरण सङ्कलन गरी मस्यौदा तयार गर्ने ।
- रेडप्लस सम्बन्धि प्रचार प्रसार सामाग्रीहरु तयारी तथा उत्पादन गर्न मस्यौदा तयार गर्ने तथा समन्वय गर्ने ।
- यस केन्द्रको Outreach Plan तयार गरि सोको कार्यान्वयन गर्न आवश्यक पर्ने स्रोत र कार्यान्वयनको रुपरेखा तयार गरि पेश गर्ने ।
- राष्ट्रिय रेडप्लस केन्द्र र बहु सरोकारवालाहरुको बैठक/गोष्ठीको लागि आवश्यक तयारी गर्ने र भएका निर्णय एवं छलफलका बुँदाहरू टिपोट गरी प्रमुख समक्ष पेश गर्ने।
- तोकिएको अन्य कार्यहरु समेत गर्ने ।
(ग) दुर संबेदन तथा भू-सूचना प्रणाली शाखा
- यस शाखाबाट Measuring Reporting and Verification MRV (मापन, प्रतिवेदन तथा प्रमाणिकरण) सँग सम्बन्धित अध्ययन कार्य गर्ने सेवा प्रदायकलाई सहजिकरण गर्ने एवम् विषयगत प्राविधिक समितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
- रेडप्लस कार्यान्वयनको लागि आवश्यक पर्ने कार्बन मापन, अनुगमन प्रतिवेदन तथा प्रमाणिकरणसँग सम्बन्धित विषयबस्तुमा गरिने अध्ययन अनुसन्धान कार्यमा सक्रिय रुपमा सहभागी भइ अभिलेख अद्यावधिक गर्ने ।
- कार्बन मापन र आकलन गर्ने सम्बन्धि सञ्चालित नमूना कार्यलाई राष्ट्रिय रेडप्लस केन्द्रको तर्फबाट समन्वय र सहजिकरण गर्ने ।
- शाखासँग सम्बन्धित अध्ययन कार्यमा सलग्न सेवा प्रदायकसँग फोकल व्यक्तिको रुपमा रही प्रक्रिया र विधिबारे पूर्ण जानकारी राख्ने ।
- आफ्नो शाखाबाट सम्पादित कार्यको मासिक, चौमासिक र वार्षिक प्रगती प्रतिवेदन तयार गरी प्रमुख समक्ष पेश गर्ने ।
- वन मापन र अनुगमन प्रतिवेदन तयार सम्बन्धि नविनतम प्राविधिक ज्ञानबारे अध्ययन/अनुसन्धान गरी सहकर्मी बीच आदान प्रदान गर्ने ।
- यस शाखाको कार्यसँग सम्बन्धित विषयमा तालिम, गोष्ठी, सेमिनार सञ्चालनको लागि कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गर्ने ।
- रेडप्लस नमूना परिक्षण सम्बन्धि विवरण अध्यावधिक गरी वेभसाइट (Website) मा प्रविष्ट गर्न सहयोग गर्ने ।
- तोकिएको अन्य कार्यहरु समेत गर्ने ।
(घ) आर्थिक प्रशासन शाखा
- आयोजना लेखा तयार गर्ने ।
- समयमै सोधभर्ना माग गर्ने ।
- आर्थिक प्रशासन सम्बन्धि कार्य गर्ने ।
- लेखापरीक्षण गराउने ।
- बेरुजुको लगत राखि फछ्यौट गर्ने, गराउने तथा सम्परीक्षण गराउने ।
- आवधिक प्रतिवेदन तालुक निकायमा पठाउने ।
- तोकिए बमोजिम अन्य कार्यहरु गर्ने ।